भागिराम चौधरी : जसले ३०औं पटकमा एसईई उत्तीर्ण गरे

धनगढी । कैलालीका एक व्यक्तिले ३० औं पटकमा एसईई उत्तीर्ण गरेका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीमा कार्यरत ५३ वर्षीय भागीराम चौधरीले सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन् ।

उनले २ ५ जीपीए ल्याएका छन् । कैलारी गाउँपालिका–६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए ।

शिक्षाप्रतिको उनको लगावले नै उनी अहिले सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन् । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लागि फर्म भरेनन् । यसवर्ष उत्तीर्ण भएपछि उनले जनता माविमै कक्षा ११, १२ पढ्ने योजना बनाएका छन् ।

तीन सन्तानका पिता रहेका उनका जेठा छोरा स्नाकोत्तर अध्ययनरत छन् भने अर्को छोरा र छोरी स्नातकमा अध्ययनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *