कैद सजाय तोकेपछि फरार भएका ७ जना गोरखाबाट पक्राउ
२०७९ साउन १२ गते

पोखरा । कैद र जरिवाना तोकेपछि फरार भएका ७ जनालाई गोरखाबाट पक्राउ गरिएको छ । गोरखा प्रहरीले फरार अभियुक्त खोजीलाई तीव्रता दिएपछि विभिन्न मुद्दामा सजाएँ सुनाइएका उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत गोरखाले जुवा मुद्दामा जरिवाना तोकेको ५ जना र कुटपिट तथा अंगभंग मुद्दाका २ जनालाई पक्राउ गरिएको गोरखा प्रहरी प्रवक्ता लीला लामिछानेले जानकारी दिए ।
उनका अनुसार उनीहरूलाई ठाँटी पोखरीबाट पक्राउ गरेर जिल्ला अदालत गोरखामा पठाइएको छ । अंगभंग मुद्दाका २ जनालाई ३ महिना ३ दिन कैद सजाएँ सुनाइएको छ भने जुवा मुद्दाका ५ जनालाई जरिवाना तोकिएको छ ।
अंगभंग मुद्दामा पालुङटार ३ का ३२ वर्षीय शम्भु बयलकोटी र २५ वर्षका डिल्लीराम नेपाली पक्राउ गरेका हुन् ।
२०७९ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित









