अमेरिकी सहायक विदेश मन्त्री नेपाल आउँदै, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक बिहीवार नेपाल आउने भएका छन् ।

उनी एकदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउने भएका हुन् । लु भारत हुँदै नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किरहेका बेला हुन लागको उनको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई भेट्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =