कर बढाउने निर्णयबाट पछि हट्यो गण्डकी सरकार, अब जरिवाना २० प्रतिशत मात्रै

पोखरा । गण्डकी प्रदेश सरकारले म्याद नाघेका सवारीको कर जरिवाना २ सय प्रतिशत बढाएपछि चौतर्फी विरोध भयो । साउन १ गतेदेखि बढाइएको जरिवाना शुल्कको बारेमा विरोध भएपछि अन्ततः सरकार आफ्नै निर्णयबाट पछि हटेको छ ।

सवारी व्यवस्था ऐनमा नवीकरणको म्याद सकिएपछि २ गुणा जरिवाना लाग्ने व्यवस्था छ । ४ हजार ५ सय रुपैयाँ कर भएको मोटरसाइकल धनीले अहिलेदेखि २० हजार भन्दा बढी कर तिर्नुपर्ने भएपछि निकै विरोध आयो ।

सरकारले अव २ सय प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले कर घटाउने निर्णय गरेको हो ।

उक्त निर्णय केही दिनभित्रै राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा लैजाने सरकारका प्रवक्ता कुमार खड्काले बताए । करको जरिवाना बढी भएपछि अहिले कर लिनै स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *