साढे १ कराेड खर्च गरेर यम बुद्ध पार्क बनाउँदै काठमाडाैँ महानगर
२०७९ साउन ११ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले र्यापार यम बुद्धको नाममा पार्क बनाउने भएकाे छ ।
झण्डै साढे १ करोड रुपैयाँकाे लागतमा महानगरले यम बुद्ध पार्क बनाउने भएकाे हाे ।
महानगरले वडा नं. १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन लागेकाे हाे ।
महानगरका प्रवक्ता नवीन मानन्धरले दिएको जानकारी अनुसार नयाँबजारको सात रोपनी जग्गामा पार्क निर्माण गर्न बजेट छुट्याइएकाे हाे ।
२०७९ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








