सेयर बजारमा झण्डै २४ अंकको वृद्धि

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से २३.८३ अंकले बढेर २१११.९९ अंकमा पुगेको छ । यस दिन १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १ सय ४१ रुपैयाँमा ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन १३ ओटा कम्पनी मध्ये व्यापारबाहेक अरु सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *