एसईई नतिजा सार्वजनिक गर्दै परीक्षा बाेर्ड, बैठक जारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बुधवार एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ ।

साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिएकाे बाेर्डले साउनकाे दाेस्राे हप्ता नतिजा प्रकाशित गर्न लागेकाे हाे ।

नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा रहेकाे बाेर्डमा अहिले ३ बजेदेखि बोर्ड बैठक बसिरहेको छ ।

यसपटककाे एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएकाे बाेर्डले जनाएकाे छ । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

याे पनिः एसईईको नतिजा आज, यसरी हेर्न सकिन्छ रिजल्ट !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *