रेड्मी बडस् ३ लाइट अब नेपालमा

सुन्न मन पर्दो, दाम भर पर्दाे

काठमाडौँ । शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार शाओमीको रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ । रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधा साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टासम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधा छन् । यी सुविधाले प्रयोगकर्तालाई क्वालिटी साउन्ड प्रदान गर्दछन् ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजको विस्तृत क्याटेगोरीका साथ औद्योगिक बेन्चमार्क पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट– ”बडस् फर फन” लन्च गरेको छ । रेड्मीको बड्स ३ लाइटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन् ।’

नयाँ लक–इन डिजाइन
रेड्मीको बडस् ३ लाईटको तौल ३५ ग्राम भन्दा कम छ । यसको नयाँ लक–इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्द छ । यसमा भएको एर्गोनोमिक डिजाइनले यसलाई प्रयोग गर्न सहज आरामदाइ बनाउँछ जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागि पनि उपयुक्त बनाउँछ ।

बेस्ट बीट अनि राम्रो बेस 
रेड्मीको बडस् ३ लाइटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याबद्वारा ट्युन गरिएको ६एमएमको डायनामिक ड्राइभर समावेश गरिएको छ ।

ड्रप अफ कल्स अब नो मोर 
राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेड्मीको बडस् ३ लाईट ब्लुटुथ ५.२ को साथ निर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाइटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ ।

राम्रो प्लग र चार्ज
टाइपसी चार्जर लाग्ने रेड्मीको बडस् ३ लाईटसँग ५ घण्टाको चार्जमा पाउनुहोस् १८ घण्टासम्म म्युजिक प्लेब्याक ।

धुलो र पानी प्रतिरोध
जिम होस् वा दैनिक यात्रा क्ष्एछद्ध८ को धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेड्मीे बडस् ३ लाइटको आनन्द लिनुहोस् ।
रेड्मी बडस् ३ लाईट कालो रंगमा रु ३,३९९ मा उपलब्ध छ । रेड्मी बडस् ३ लाइट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक एमआई स्टोरमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *