सुनको मूल्य फेरि घट्यो, चाँदीमा झिनो वृद्धि

काठमाडौँ । साउन सुरुबाटै घट्न थालेको सुनको मूल्य बुधबार पनि घटेको छ ।

यस दिन सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस १७१८.४८ डलर र चाँदीको प्रतिऔंस १८.५९ डलर पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *