आयात घटाउने उपाय सुझाउन योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन गरिने

काठमाडौँ । चुलिँदै गएको वस्तु तथा सेवा आयातलाई कम गर्ने उपाय सुझाउन सरकारले राष्ट्रियो योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको अध्यक्षमा एक समिति गठन गर्ने भएको छ ।

वैदेशिक व्यापारमा बढ्दो आयातका कारण व्यापार घाटा बढेको छ । शोधनान्तर घाटा चुलिएको छ । र, विदेशी विनिमयको सञ्चितिसमेत ओरालो लागेको छ । आर्थिक संकट चुलिएका बेला अनावश्यक आयात कम गर्ने उपाय सुझाउन समिति गठन गरिने भएको हो ।

समितिलाई विश्व व्यापार संगठनको व्यवस्थाअन्तर्गत नै रहेर आयात कम गर्न लिनुपर्ने नीतिबारे सुझाव दिन उपाध्यक्ष पौडेलको अध्यक्षमा समिति गठन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *