एक्लै हिँड्छु भन्ने मनोविज्ञान त्याग्नुस् : मेटमणि चौधरी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नव नियुक्त मेयर उपमेयरहरुलाई सचेत गराएका छन् ।

नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भने–खासगरि २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काङ्ग्रेस र कम्युनिष्ट नभनी काम गर्नु पर्ने अवस्था छ । तपाईँहरु जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।

नेपाल सरकार मन्त्री परिषदको २०७९ असार ३१ को निर्णय अनुसार नगर विकास ऐन ५३ बमोजिम संचालक समितिको सदस्यमा नियुक्त भएका सात प्रदेशका मेयर उपमेयर गरि सातै जनाको स्वागत तथा सपथ ग्रहण कार्यक्रममा मन्त्री चौधरीले भने, ‘एक्सन प्लान बनाएर काम गर्नुस् । प्रदेशकै प्रतिनिधित्व हुने गरि नगर विकासका योजनाहरु बनाउनुस् । विज्ञहरुको सल्लाहमा काम गर्नुस् ।’

कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषको कार्यक्षेत्र, संचालन गरेका विकासका योजनाहरु, ऐन, नियम र समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा मन्त्रीका सचिवालय प्रमुख भूमाण्डप केसी र मन्त्रालयका अन्य कर्मचारीसमेतको उपस्थिति थियो ।
नगर विकास कोषमा १६ जनाको संचालक समिति रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nineteen =