डिशहोमको नयाँ सेवा, डिशहोम आई टिभी सञ्चालनमा

काठमाडौँ । डिश मिडिया नेटवर्कले आई टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउँदा ग्राहकले डीटीएचलाई जस्तै साथ र मायका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको छ ।

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई सञ्चालनमा ल्याएको थियो ।
नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर सञ्चारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकलाई उत्कृष्ट विभिन्न च्यानलसँगै गुणस्तरीय बिक्री पछिको सेवा पनि प्रदान गर्दै आएको जनाएकाे छ ।

कम्पनीका अनुसार पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तार सँगै अन्य सेवा प्रदायकभन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, इन्टरनेट, टेरेस्ट्रियल(टि२) टिभी र आई टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।

ग्राहकको मन जित्न सफल इन्टरनेट सेवा डिशहोम फाइवरनेट, सबैभन्दा बढी सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र ताररहित टेरेस्टेरियल टिभी मार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

डीटीएच र टेरेस्ट्रियल (टि२) भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकोल बेस्ड यो आई टीभीमा सर्ट टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टाभन्दा बढी विभिन्न कन्टेन्टहरु, भिडिओ अन डिमान्ड, क्याच–अप टिभी/स्टार्ट ओभर टिभी, टिकटकलगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *