सिद्धार्थ बैंकका ग्राहकलाई नोभा अस्पताल प्रालिमा २० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र धनगढीस्थित नोभा अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवनचन्द्र अधिकारी तथा नोभा अस्पताल प्रालिका तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले नोभा अस्पताल प्रालिमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ ।

यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *