कोहलपुर दम्पतीको हत्या प्रकरण : दाजुले हत्या गर्न लगाएको खुलासा

काठमाडाैं । बाँकेको कोहलपुर नगरपालिका १४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या दाजुले हत्या गर्न लगाएको खुलासा भएको छ । हत्याको योजना दाजुले नै बनाएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ(बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो।

मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो। भाइ बुहारीको हत्याको समयमा उनी घरमै रहेको खुलेको छ।

उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको तथ्य स्वीकारेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

घटनाबारेमा अहिले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =