एसईईको नतिजा नेपाल टेलिकमबाट यसरी हेर्न सकिन्छ

काठमाडौँ । एसईईको नतिजा नेपाल टेलिकमबाट प्राप्त गर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्न नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको जनाएको छ । परीक्षाको परीक्षाफल कल गरेर (आईभीआर), एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

कल गरेर– नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएसबाट नतिजा हेर्न मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान (स्पेस) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउन सकिने छ । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट नतिजा हेर्न नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुने जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *