काेराेनाबाट २ जनाकाे मृत्यु, ६३८ संक्रमित
२०७९ साउन १० गते

काठमाडौँ । नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार २ सय १५ पिसिआर परीक्षणका क्रममा ४ सय जना र २ हजार ८ सय ४० एन्टीजेन परीक्षणका क्रममा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ८ सय २ जना संक्रमण मुक्त भएका छन् ।
हाल नेपालमा ३ हजार ७ सय १४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








