नेप्से ४४ अंकले घट्यो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार उच्च अंकले ओरालो लागेको छ ।

यस दिन सेयर बजार परिसूचक ४४.८० अंकले ओरालो लागेर २०८८.१६ बिन्दुमा पुगेको आइपुगेको छ । कारोबार रकम भने यस दिन खासै घटेको छैन । यस दिन ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३ सय ९८ रुपैयाँमा ८७ लाख ४० हजार ५ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १६५ कम्पनीको सेयर ओरालो लागेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन १३ ओटै उपसमूहको सूचकहरु ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *