नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने सम्भावना छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल सम्पत्ति शुद्धीकरणमा संलग्न मुलुकहरुको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको बताएका छन् ।

प्रतिनिधि सभा संसदको मंगलबार बसेको बैठकको शून्य समयमा बौल्दै सांसद थापाले यस्तो बताएका हुन् । यस पटक अवस्था गम्भीर भएकोले संसदलाई जानकारी गराउनु पर्ने उनले माग गरे ।

‘फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एशिया प्यासिफिक ग्रुप अफ मनी लन्डिरिङले आगामी अक्टोबर र नोभेम्बरमा मूल्यांकन गर्दैछ,’ उनले भने, ‘विगतमा नेपाल कालोसूचीमा पर्नबाट जोगिएको थियो तर यसपटक कालोसूचीमा पर्ने जोखिम बढेको छ ।’

सम्पत्ति शुद्धिकरणसम्बन्धी ४० वटा सूचकमा नेपालको अवस्थाबारे सरकारले संसदलाई तत्काल जानकारी दिनुपर्ने उनले बताए ।

‘सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल्यांकन हाम्रो कानूनी व्यवस्था, यसको कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिन्छ,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानून नबनिसकेको, बनेको कानूनको पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको, व्यापकर कर छली, बढ्दो भ्रष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो हाम्रो समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरुले बताइरहेका छन् ।’

उनले नेपाल कालोसूचीमा पर्यो भने विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने भएकाले त्यसले झनै धेरै समस्या निम्तिने बताए ।

कालोसूचीमा पर्न नदिन तत्काल सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अवस्था सार्वजनिक गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *