आयोगमा दर्ता भयो वामदेव गौतमको पार्टी, धानको बाला चुनाव चिह्न

वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा एकता राष्ट्रिय अभियान दल निर्वाचन आयोगमा दर्ता भएको छ। दलको नाम नेकपा एकता राष्ट्रिय अभियान र चुनाव चिह्न ‘धानको बाला’ राखिएको छ। चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको बताइएको छ ।

गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको सो दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।

सुरुमा गुलाबको रुख चुनाव चिह्न मागेर आयोगमा दल दर्ता गराइएको थियो। उक्त चिह्न अर्कै दलले प्राप्त गरिसकेको भेटिएपछि ‘धानको बाला’ रोजिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *