तीन अर्ब लगानीमा सेञ्चुरियन होटल सञ्चालनमा ल्याउँदै मोती दुगड, रेडिसेनले व्यवस्थापन हेर्ने

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थ राज्यमन्त्री समेत रहेका व्यवसायी मोति दुगडले ३ अर्बको लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याएने भएका छन् । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको उक्त होटलको व्यवस्थापन भने अन्तर्राष्ट्रिय चेन होटड ब्रान्ड रेडिसनले गर्ने छ ।

सेञ्चुरी ग्रुप अफ कम्पनीजका अध्यक्ष समेत रहेका व्यवसायी दुगडले झण्डै डेढ विघा क्षेत्रफलमा सपिङ मल, कर्पोरेट तथा कमर्सियल भवनहरु तथा मनोरञ्जन पार्क समेत रहने गरी पाँच तारे होटल सेञ्चुरियन सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

काठमाडौँमा सोमबार एक समारोहको आयोजना गरेर उनले होटल सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उक्त समारोहमा होटल सञ्चालनको जिम्मा दिने–लिने गरी अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड रेडिसन होटल ग्रुपका प्रतिनिधिसँग सम्झौता समेमत भएको छ ।

१८ महिनाभित्र उक्त होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउँदै दुगडले मलमा केएफसी तथा पिज्जा हटजस्ता ब्राण्डहरु समेत उपलब्ध हुने जानकारी दिएका छन् ।

विराटनगर विमानस्थलबाट ४.२ किलोमिटर, भारतको जोगवनी नाकाबाट १५ मिनेटको दूरीमा सञ्चालनमा आउने उक्त होटलले भारतीय तथा तेस्रो मुलुकका पाहुनाहरुलाई स्वागत, सत्कार तथा सेवा दिने बताए ।

‘बिराटनगरमा स्तरीय पाँच तारे होटल सञ्चालन र त्यसको व्यवस्थापन रेडिसनले गर्नेछ,’ समारोहमा उनले भने, ‘पाहुनाको स्वागत तथा सत्कारमा रेडिसनको दक्षता मन परेकै कारणले सहकार्य अघि बढाएको हुँ ।’

होटलमा १४० कोठा, स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्वायर फिटको विशेष रेष्टुराँ तथा बेन्क्वेट, क्यासिनो जस्ता सुविधा रहने छन् ।

अन्तर्राष्ट्रिय चेन होटल रेडिसनअन्तर्गत विश्वका १२० देशमा १ हजार ७ सयभन्दा बढी होटल सञ्चालनमा छन् ।

यो होटल अन्तर्गत रेडिसन कलेक्सन, रेडिसन ब्लु, रेडिसन, रेडिसन रेड, रेडिसन इन्डिभिजुअल, पार्क प्लाजा, पार्क इन वाइ रेडिसन, कन्ट्री इन एण्ड स्वीट बाइ रेडिसनलगायतका ब्राण्ड सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *