एसईईको नतिजा यही साता सार्वजनिक हुने

काठमाडौंं । साउन पहिलो साता सार्वजनिक गर्ने भनिएको नतिजा रुजु नसकिएपछि दोस्रो सातामात्रै सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको बताइएको छ ।

सोमबार नभए मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक तयारी रहेको बताइएको छ । बोर्डको बैठकले रुजु र तयारीका विषयमा जानकारीसहित विविध कारणले रद्द गर्नुपर्ने परीक्षार्थीको जिषयमा निर्णय लिनेछ । त्यसपछि दोस्रो बैठक बसेर नतिजा सार्वजनिकको निर्णय हुन्छ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले शुक्रबारसम्म नतिजा सार्वजनिक गरिने जनाए । ‘रुजुको काम नसकिएर केही दिन लम्बियो,’ उनले भने, ‘शुक्रबारसम्म विद्यार्थीले नतिजा हात पार्छन ।’ बोर्डको पहिलो बैठकको रायसुझावको आधारमा मात्रै नतिजा सार्वजनिक गर्ने आन्तरिक समय तालिका तय गरिन्छ । नतिजा तयारीको अन्तिम काममा करिब ७० कर्मचारी खटिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *