एसपीएका छात्राले बनाए आवाजबाटै विद्युतीय उपकरण कन्ट्रोल गर्ने उपकरण (भिडिओसहित)

धनगढी । के तपाईँलाई राति सुत्नेबेला उठेर बत्तीको स्वीच अफ(बन्द) गर्न अल्छी लाग्ने गर्छ ?

वा, हामीले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई बत्ती, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण बन्द तथा खुला गर्न अप्ठ्यारो भएको देखेका छौँ ।

स्वीच टाढा भएर, शारीरिक अपाङ्गता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभायस(उपकरण)लाई कन्ट्रोल गर्न अप्ठ्यारो हुनेसमस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा अध्ययनरत विद्यार्थीहरूले निकालेका छन् ।

उनीहरूले एक यस्तो उपकरणको विकास गरेका छन्, जसले आवाजबाटै विद्युतीय उपकरणहरुहरु कन्ट्रोल(बन्द–खुल्ला) गर्न सकिन्छ ।

अर्थात् अब अल्छी लागेका बेला बेडबाट उठेर स्वीच सामु पुगिरहनु पर्दैन र शारीरिक अपाङ्गता भएका व्यक्तिले सहजै आफ्नो पहुँच क्षेत्रबाट विद्युतीय उपकरणलाई नियन्त्रणमा राख्न सक्नेछन् ।

एसपीएको बीएचएम तेस्रो सेमिष्टरमा अध्ययनरत छात्राहरु अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस’ नामको उपकरणको विकास गरेका छन् । आफ्नो प्रोजेक्टका रूपमा उनीहरूले विकास गरेको उपकरणले बोलीकै माध्यमबाट बत्ती, पंखा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।

‘मुख्यगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरू माथि रहेको वा टाढा रहेको विद्युतीय उपकरणको स्वीचसम्म पुग्न नसक्ने स्थिति हुनसक्छ,’ अनुजाले भनिन्, ‘उहाँहरूको सहजताका लागि हामीले यो उपकरणको डिजायन गरेका हौं । यसले जहाँबाट पनि आवाजकै माध्यमबाट इलोक्ट्रोनिक्स डिभायसहरु अन–अफ गर्न सकिन्छ ।’

यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्वीच थिची रहनुपर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरूबाट पनि जोगिन मद्दत पुग्नेछ । एसपीए कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन र इन्स्ट्रक्टर रवीन्द्र रानाले सहयोगमा विद्यार्थीहरूले उक्त उपकरणको विकास गरेका हुन् ।

कार्यक्रम निर्देशक पुनले एसपीएले विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए ।

‘विद्यार्थीहरूले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो’ पुनले भने, ‘सूचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विद्यार्थीहरू दत्तचित्त भएर लागेका छन् । उनीहरूलाई आइटी क्षेत्रबाट समाज र देश रूपान्तरणमा अघि बढाउने सङ्कल्पका साथ एसपीए अघि बढेको छ ।’

सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयको बीआईएम कार्यक्रम पढाई हुने एसपीए एकमात्रै शैक्षिक संस्था हो । बीआईएम विषय जुनसुकै संकायबाट १२ पास विद्यार्थीहरूले पढ्न पाउँछन् । त्यसका लागि सिम्याट(प्रवेश परीक्षा) परीक्षा दिनुपर्छ । एसपीएमा साउन १५ गतेबाट सीम्याट कक्षाहरू सञ्चालन हुने तयारीमा छन् । बीआईएम पढ्न चाहने विद्यार्थीले तुरुन्त कलेजमा सम्पर्क राख्न कार्यक्रम निर्देशक पुनले जानकारी दिए ।

केही समयअघिमात्रै धनगढीमा भएको सुदूरपश्चिमाञ्चरस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा एसपीएको बीआईएम पढिरहेका विद्यार्थीहरूले बनाएका दुई प्रोजेक्टहरु शीर्ष ५ भित्र पर्न सफल भएका थिए ।

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टहरुमध्येबाट उत्कृष्ट ५ प्रोजेक्ट घोषणा गरेको थियो । त्यसमा एसपीएका सूचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विद्यार्थीहरूले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’ नामक दुई प्रोजेक्ट शीर्ष ५ भित्र छानिन सफल भएका हुन् ।

उत्कृष्ट ५ भित्र पर्न सफल प्रोजेक्टहरुले अब काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन् । काठमाडौँमा देशभरिका सातै प्रदेशबाट छनोट भएर आएका उत्कृष्ट प्रोजेक्टहरुबीच प्रतिस्पर्धा हुनेछ । यस्तै उक्त प्रोजेक्टहरु अघि बढाउन र थप विकासका लागि सम्भावित लगानी खोज्न सहयोग गर्ने आयोजकले जनाएको छ ।

‘एसपीएले सङ्ख्या भन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिकमात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विद्यार्थीहरू अवसर पाउन सक्दैनन्,’ कार्यक्रम पुनले भने, ‘बीआइएमको स्कोप ब्रोड छ । पढ्दै जागिर गर्न सकिन्छ । सरकारी कार्यालय(आइटी अफिसर), बैंकिङ, शैक्षिक संस्था, उद्यमशीलता, स्टार्टअप, मध्यम, साना व्यापार व्यवसाय जहाँपनि आइटीको आवश्यकता पर्ने भएकाले बीआइएमको अवसर जतासुकै उच्च रहेको छ ।’

अघिल्लो हप्तामात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए )ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरू, समयानुकूल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।

झन्डै ३५ सय विद्यार्थी अध्ययनरत एसपीए सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रूपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरू छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विद्यार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विद्यार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरू गठन गर्दै विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *