सुरु भयाे अर्नाको ‘सङ कन्टेस्ट २०२२’

काठमाडौँ । ओरिजिनल गीतहरुको क्षेत्रमा ‘सङ कन्टेस्ट’ फेरि सुरु हुने भएको छ । अर्ना वियरले उक्त सङ कन्टेस्ट सुरु गर्न लागेको हो ।

विगत दुई वर्षदेखि निरन्तर उक्त प्रतियोगिता आयोजना गरेर अर्ना वियरले गायक, संगीतकार तथा गीतकारलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक मञ्च प्रदान गरेको छ ।

साउन ८ गते आइतबारदेखि आयोजना उक्त प्रतियोगिता आयोजना हुने अर्नाले जनाएको छ । गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सकिने छन् ।

कम्पनीका अनुसार १० लाख पुरस्कार राशी रहेको उक्त सङ कन्टेस्टमा १५ भदौभित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । अर्ना सङ कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *