पाल्पामा बस दुर्घटना, ६ जनाकाे मृत्यु
२०७९ साउन ८ गते

काठमाडाैँ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेकाे बस पाल्पामा दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ ।
लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भएकाे हाे ।
बेलुकी ५ बजेतिर भएकाे दुर्घटनामा परी ३ जना महिला तथा ३ जना पुरुषकाे मृत्यु भएकाे पाल्पा प्रहरीले जनाएकाे छ ।
त्यस्तै, दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि तानसेन अस्पताल लगिएको प्रहरीले जनाएकाे छ ।
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित









