मौद्रिक नीतिले सेयरमा उछाल, ६१ अंकले बजार बढ्दा पौने ३ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल देखिएको छ ।

यसदिन सेयर बजार नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७३.५१ बिन्दुमा उक्लिएको छ । यस दिन २ अर्ब ७३ करोड, ९ लाख ३७ हजार १ सय ९६ रुपैयाँमा ६४ लाख २३ हजार १ सय ५६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १७९ कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको सेयर मूल्य मात्र घटेको छ ।

यस दिन धेरैओटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, कारोबारको हिसाबले शिवम् सिमेन्ट कम्पनीको सेयर सबैभन्दा बढी ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार सार्वजनिक भएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जामा ४÷१२ को नीतिलाई परिमार्जन गरेको थियो । पहिले एउटा बैंक तथा वित्तीय संस्थाबाट उक्त धितोमा ४ करोड रुपैयाँसम्म मात्रै ऋण लिन पाइने र समग्रम बैंकिङ प्रणालीबाट १२ करोडसम्म ऋण लिन पाइने व्यवस्था थियो । तर, हाल उक्त व्यवस्थामा परिमार्जन गर्द केन्द्रीय बैंकले एउटा बैंक बाटै १२ करोडसम्म ऋण लिन पाइने र समग्रम प्रणालीबाट पनि १२ करोडसम्म मात्रै ऋण लिन पाउने व्यवस्था गरेको छ ।

यसले सेयर बजारका लागानीकर्ता केही उत्साहित देखिँदा आइतबार बजार बढेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *