क्लास्सिक टेकले नेपालभर थप ३०० फाइबर प्राविधिक नियुक्त गर्दै

काठमाडौँ । देशको अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले देशैभर थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ ।

वर्षायाममा धेरै फाइबर सम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले विद्युत् पोलमा चढेर काम गर्न नमिल्ने भएकोले र बढ्दो ग्राहकलाई सुविधा दिन इटिआर (इस्टिमेटेड टाइम अफ रेस्पेन्स) भित्र काम गर्न कम्पनीले यो धेरै संख्यामा कर्मचारी नियुक्त गरेको हो ।

अब क्लास्सिक टेकको १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ताका लागि सपेर्टको पहुँच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्धत पुर्याउने छ भने मर्मत मा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ छ ।

यसका साथै क्लास्सिक टेकले आफ्नो अइपीटिभी पनि अपडेट भर्सन १.१.२ ल्याएको छ । १०० भन्दा बढी एचडी च्यानेल र १०० एसडी च्यानेलहरु मा पनि नयाँ फिचर ल्याएको छ । यसले गर्दा टिवीमा हेर्दाको अनुभवलाई अभै राम्रो बनाउने छ । यसले वफरिङको समस्या समाधान गर्ने कम्पनी ले बताएको छ ।

योसँगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्युनतम मूल्यमा दिने जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *