नागरिकता विधेयक पारित भएपछि रामचन्द्र पौडेल खुसी

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक पारित भएपछि खुसी व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न विधेयक बहुमतसहित पारित गरेपछि पौडेलले व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत लामो समय अघिदेखि गरेको प्रतिबद्धता पूरा भएको प्रतिक्रिया दिए । ‘हामीले लामो समय अघिदेखि प्रतिबद्धता गरेको गैर आवासीय नेपाली नागरिकता विधेयक अघि बढेकोमा खुशी छ,’ उनले भनेका छन्, ‘२०० वर्ष भन्दा पहिले देखी गोर्खालीले विदेशमा बगाएको पसिनालाई नेपालले पहिचान दिने काम भएको छ । लाभान्वित सबै नेपालीलाई हार्दिक बधाई तथा शुभकामना !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =