चर्चित सेयर धिताे कर्जामा ४/१२ को सीमा सामान्य हेरफेर

अब एउटै बैंकबाट पनि १२ कराेडसम्म लिन पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा(मार्जिन लेन्डिङ)मा ४/१२ को सीमामा सामान्य फेरबदल गरेको छ । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितोमा अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाइने व्यवस्थालाई कायम राखेको हो ।

अब सेयर धितोमा एउटै बैंक तथा वित्तीय संस्थावाट वा समग्र बैंकिङ क्षेत्रबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाइने व्यवस्था गरेको छ ।
यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोडसम्म ऋण लिन पाइने व्यवस्था गरेको थियो ।

गत वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ४/१२ को सीमा लगाएपछि सेयर धितोमा जाने कर्जा घटेको थियो । त्यसपछि सेयर बजारसमेत निरन्तर ओरालो लाग्दै आएको छ । सेयर धितो कर्जामा लगाइएको ४/१२ को सीमाकै कारण सेयर बजार घटेको भन्दै सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नरको चर्को विरोध गर्दै आएका थिए ।

कतिपय राजनीतिक दलका नेताले समेत संसदमा बोल्दै उक्त नीतिको विरोध गरेका थिए । तर, राष्ट्र बैंकले समग्र बैकिङ प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा सेयर धितोमा नजाने गरी सामान्य हेरफेर मात्रै गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *