मर्जरमा जाने कम्पनीको सेयर कारोबार नरोकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार नरोकिने व्यवस्था गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्था मर्जर(गाभिने प्रक्रिया)मा जाँदा वा प्राप्ति(एक्विजिशन) गर्दा नेप्सेमा हुने सेयर(धितोपत्र) कारोबार रोक्का हुने व्यवस्था थियो । यस्तो व्यवस्थाका कारण कुनै कम्पनी अर्को कुनै कम्पनीसँग मर्ज हुँदैछ भन्ने हल्लाकै आधारमा पनि सेयर बजारमा ती कम्पनीको सेयरको कारोबार तथा मूल्य बढ्ने गरेको थियो ।

धितोपत्र बोर्डको नियमनअनुसार मर्जर वा प्राप्तीकै अवधिमा पनि धितोपत्रको कारोबार जारी रहने भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *