अन्तिम काराेबार दिन २७ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको अन्तिम काराेबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक २७.२६ बिन्दुले घटेर २०१७.४६ अंकमा आइपुगेको छ । यस दिन १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७ सय ७० रुपैयाँमा ३३ लाख २० हजार ५ सय १२ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन २ घण्टा १० मिनेटको कारोबारमा सबैभन्दा बढी किसान लघुवित्त, गणपति लघुवित्त, नयाँ सारथी लघुवित्त, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, सानिमा लार्ज क्याप फण्डलगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । सिबम सिमेन्टको २१ करोडको सेयर कारोबार भएको छ ।

यस दिन १३ वटै समूहगत उपसूचक राताम्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *