नागरिकता बाहेकका विषय संसद्को कार्यसूचीबाट हट्यो

काठमाडाैँ । प्रतिनिधिसभाकाे शुक्रवारकाे कार्यसूचीबाट नागरिकताबाहेकका अन्य कार्यक्रमहरू हटेकाे छ ।

अहिले १ बजेबाट बसिरहेकाे बैठककाे कार्यसूचीबाट नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक बाहेकका अन्य कार्यक्रमहरू हटेका हुन् ।

यसअघि संसद सचिवालयले जारी गरेकाे सम्भावित कार्यसूचीमा नेपाल विशेष सेवा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयाेस् भन्ने प्रस्ताव, राज्य व्यवस्था तथा सुशासन समितिकाे प्रतिवेदनमाथि छलफल र नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गर्ने तथा पारित गरियाेस् भनी प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेकाे थियाे ।

तर, पछिल्लाे संशाेधन कार्यक्रमअनुसार गृहमन्त्रीले नागरिकता विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्ने तथा पारित गर्न प्रस्ताव पेस गर्ने कार्यक्रम रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =