नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मूकाे विश्वास
२०७९ साउन ६ गते

काठमाडौँ । नवनिर्वाचित भारतीय राष्ट्रपति द्राैपदी मुर्मसूले नेपाल र भारतकाे सम्बन्धले नयाँ उचाइ लिनेमा अाफू विश्वस्त रहेकाे बताएकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ सन्देशकाे प्रत्युत्तरमा लेख्दै मुर्मूले नेपाल र भारतकाे उत्कृष्ट र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘नेपाल र भारतबिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म विश्वस्त छु ।’
प्रधानमन्त्री देउवाले उनलाई बधाई दिँदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
२०७९ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








