ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी दिँदै अरनिकाे कुमार पाँडे, काे हुन् उनी ?

काठमाडाैँ । आसन्न संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ बाट अरनिकाे कुमार पाँडेले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । वायुमण्डलीय वैज्ञानिक तथा नीति सल्लाहकारसमेत रहिरहेका पाँडे हिमालय क्षेत्रकाे वायु प्रदूषण, जलवायु र दीगाे विकासकाे विशेषज्ञ हुन् ।

यूएनईपी, यूएनईपी, डब्ल्यूएचओजस्ता राष्ट्रसंघीय संस्थाहरूका साथै अमेरिका, रुवान्डा, पाकिस्तान, भारत, नेपाल, भुटान, म्यानमारलगायतका सरकारमा र नेपाल, फिलिपिन्स र जापानका गैरसरकारी संस्थामा गैरसरकारी संस्थामा जलवायु परिवर्तन, वायु प्रदूषण र दीगाे विकासबारे सल्लाहकारकाे भूमिका निर्वाह गरिसकेका उनले आफैँ नेतृत्व तहमा नपुगीकन आफूसँग भएकाे विशेषज्ञता लागू गर्न गर्न नसकिने ठानी उम्मेदवारी दिने भएका हुन् ।

काठमाडाैँ उपत्यकाकाे वायु प्रदूषणबारे अनुसन्धान र विद्यावारिधी गरेका पाँडेले स्वच्छ वातावरणमा जिउन पाउने संवैधानिक हक सुरक्षित गर्न सफा हावा र स्वच्छ वातावरण बनाउन वैज्ञानिक दक्षता र नीतिगत अनुभव भएकाेले पनि आफूले उम्मेदवारी दिने बताएका छन् ।

पछिल्लाे संसदीय निर्वाचनमा ललितपुर ३ बाट पम्फा भुसाल निर्वाचित बनेकी हुन् । वाम गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदनबहादुर अमात्यलाई १ हजार ७ सय ८ मतान्तरले पराजित गरेकी हुन् । भुसालकाे पक्षमा २४ हजार ३६ मत खस्दा अमात्यसँग २२ हजार ३ सय २८ मत थियाे ।

साेही क्षेत्रमा पाँडेले स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *