बाजुरा : बाटोमै शिशुको जन्म

धनगढी । बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले बाटोमा बच्चा जन्माएकी हुन् ।

वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा उनलाई आफन्तले गाउँबाट एक घण्टा भन्दा बढीको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ पनि स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए ।

घरमा ल्याउँदै गर्दा उनले ताहाडा खोला नजिकै बाटोमा छोरालाई जन्म दिइन् । यसअघि स्वास्थ्य केन्द्रमा रहेका सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि इकाई स्वास्थ्य केन्द्र कर्मचारीविहीन भएको छ ।

स्वास्थ्य चौकीमा कार्यरत अनमी, अहेब कसैको पनि गाउँपालिकाले करार म्याद थप गरेको छैन । अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *