बिग डिजिटलको शुभारम्भ

काठमाडौँ । मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ भएको छ। नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा एक समारोहबीच उद्घाटन गरेकी हुन् ।

समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कँदै निरन्तर प्रगतिको शिखरहरू आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरे ।

त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जनाए ।

सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवादनलगायतका उत्पादनहरु उपलब्ध रहने बताइएको छ ।

ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निस्शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *