गठबन्धनलाई कायम राख्दै वाम एकता गर्ने माधव नेपालकाे जिकिर
२०७९ साउन ५ गते

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकताबद्ध गर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिस्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै अगाडि बढ्ने बताएका हुन् । उनले अहिले आफ्नो पार्टीप्रति आकर्षण बढ्दै गएको जिकिर गरे । उनले अबको निर्वाचनमा समानुपातिकतर्फ २० लाख मत भन्दा बढी ल्याउने गरी तयारीमा जुट्न कार्यकर्तालाई पनि निर्देशन दिए ।
उनले प्रत्येक प्रदेशमा पार्टी स्कुलको व्यवस्था गर्ने र पार्टीको बिचार र नीतिका बारेमा प्रशिक्षण गर्ने जिकिर गरे ।
२०७९ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








