थप ४ सय ३५ जनामा कोरोना संक्रमण, झण्डै २५ सय आइसोलेसनमा

काठमाडौँ । नेपालमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ६७ पिसिआर परीक्षणका क्रममा ३ सय १७ जना र १ हजार ९ सय २ एन्टीजेन परीक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ५६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार २ सय २८ जना निको भएका छन् ।

हाल नेपालमा २ हजार ५ सय ३७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =