एटीएम फुटाएर १५ लाख चोरी

पोखरा । पोखरामा एटिएम फुटाएर १५ लाख चोरी भएको छ । पोखरा २६ अर्घौंचोकमा रहेको एनएमबी बैंककते एटिएम मेसिन फुटाएर चोरी भएको हो ।

मध्यरातमा अज्ञात समूहले मेसिन फुटाएर रकम चोरेका कास्की प्रहरीले जनाएको छ । बैंकको सिसिटिभी फुटेजमा एटिएम कोठामा पसेर १५/२० मिनेटमा सामान्य तरिकाले लक खोलेर त्यहाँ रहेका पैसा निकालेको देखिएको छ ।

पैसा निकालेर बकस अर्घौंचोक पछाडि फालिएको छ । बैंकले अघिल्लो दिन १७ लाख एटिएममा राखेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =