अन्नपूर्ण केबलकारको मनसुन अफर, यात्रामा २० प्रतिशत छुट

काठमाडौँ । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भारपछि पूर्व निर्धारित समयभन्दा एक दिन अघि(साउन ६ देखि) नै सञ्चालनमा आउने भएको छ । केबलकार कम्पनीले साउन ६ देखि भाद्र ३१ सम्म २० प्रतिशत छुट दिने जनाएको छ ।

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाइड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढी सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरवारसम्मको पैदल यात्रा गर्न सकिने जनाएको छ ।

अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुविधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चारैतिर आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लिङको समेत साहसिक अनुभव लिन सकिनेछ ।

केबलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुको सुविधाको लागि लेकसाइडदेखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *