सौराहालाई समृद्ध बनाउने रामेश्वरको पाँच तारे रिसोर्ट (भिडिओ)

विदेशी भूमिमा जति नै  पसिना बगाए पनि आफ्नो देश बन्दैन । देश बनाउन देशमै पसिना बगाउनु पर्छ । यस्तै सोचेर आजभन्दा झण्डै डेढ दशकअघि नेपाल फर्किएका थिए– केटीएम ग्रुप हाेल्डिङ्स प्रालिका अध्यक्ष व्यवसायी रामेश्वर साह ।

गैरआवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्षसमेत भइसकेका साहले विदेशमै बसेर पनि जीवन राम्ररी चलाउन सक्ने थिए । तर, झण्डै १६ वर्ष मध्य पूर्वका देश बसेर एक बहुराष्ट्रिय कम्पनीमा काम गरेपछि उनी देशमै केही गर्ने हुटहुटीले स्वदेश फर्किए । विदेशी भूमिमा कर्म गरिरहँदा पनि साहले देश बनाउने सपना देखिरहन्थे । नेपाल फर्किएपछि त झन् उनको सपनाको परिधि नै फैलिँदै गयो । उनले सपना देख्न डराएनन् । र, देखेको सपना पूरा गर्न कम्मर कसेर लाग्न पनि छोडेका छैनन् ।

भिडिओ

झण्डै १२ वर्षअघि उनले स्थापना गरेको आउटसोर्सिङ विजनेश केटीएम सेक्युरिटी सर्भिस प्रालीले अहिले देशका धेरै ठाउँमा सेवा दिइरहेको छ । केटीएम सेक्युरिटी स्थापित हुँदै गएपछि अहिले उनी केटीएमलाई ग्रुप अर्गनाइजेशनको रुपमा विकास गर्दै यही छाताअन्तर्गत विभिन्न कम्पनी खोलेर व्यवसाय विविधिकरणमा लागेका छन् ।

केटीएम ग्रुप होल्डिङ्सअन्तर्गतको केटीएम हस्पिटालिटीमार्फत उनले आतिथ्य सत्कार(होटेल तथा पर्यटन) व्यवसायमा अघि बढ्न लागेका छन् । यो ग्रुपमार्फत केटीएम मोटर्स, केटीएम एचआर सोलुसन, केटीएम ट्रेनिङ एन्ड कन्सल्टेन्सी, केटीएम फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेज, केटीएम इन्टरनेसनल जस्ता फरक सेवा दिने कम्पनी खोलेर अघि बढाउन लागेका छन् ।

व्यवसायी साहले अहिले चितवनको सौराहमा पाँचतारे रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । यद्यपी, सौराहामा पाँचतारे स्तरको रिसोर्ट सञ्चालनमा ल्याउने सपना साहले त्यतिबेला देखे, जब विश्वमा कोरोनाको माहामारी तीव्र बन्यो । कोरोना न्युनीकरणका लागि विश्वका मानिस काेठामै कैद हुन लागेको बेला पयर्टन वा होटलमा लगानी गर्नु कम्ता चुनौतीपूर्ण छैन । तर, यसमा साहले भने खासै चुनौती देखेका छैनन् ।

भन्छन्– ‘विश्वमा अहिलेसम्म कैयौँ महामारीहरु आए । ती अन्त्यसमेत भएर गए । कोरोना पनि अन्त्य भएर जाने छ । नहुँदा पनि हामी कोरोनासँग बाँच्न र जीवन चलाउन सक्ने हुँदै जानेछौँ ।’

अहिले आएर अर्को चुनौती पनि देखिएको छ– राष्ट्रिय–अन्तर्राष्ट्रिय आर्थिक संकटको । नेपालसहित दक्षिण पूर्वी एसियाका धेरै देश आर्थिक संकटमा छन् । देशका सारकारहरुले लिने सही आर्थिक नीतिले यो संकट पनि समाधान भएर जानेमा साह विश्वस्त देखिन्छन् ।

राजधानीबाट नजिकको दूरीमा रहेको स्थान, चितव राष्ट्रिय निकुञ्जका कारण त्यहाँको जैविक विविधता, वन विचरण गर्न सकिने अवसर, सामुदायिक तथा सांस्कृतिक विविधता जस्ता कारणले सौराहा पाँचतारे रिसोर्टका लागि उपयुक्त स्थान भएको उनको भनाइ छ ।

भन्छन्– ‘चितवनको सौराहामा रिसोर्ट तथा हाेटलहरू १६९ भन्दा बढी छन् छन्, पाँच तारे स्तरका रिर्सोट छैनन्, पाँच तारे स्तरको रिसोर्टको खोजीमा हुनेहरुका लागि हामीले सञ्चालनमा ल्याउने रिसोर्ट उपयुक्त हुन्छ ।’

सुरुमा सौराहामा थोरै जमिन किनेका साहले सुरूमा आफू त्यहाँ छुट्टी मनाउन जाने फार्म हाउस’को रुपमा विकास गर्ने योजना बनाएका थिए । तर, पछि उनले सबैले सेवा लिन सक्ने गरी रिसोर्ट खोल्ने योजना बनाए । ‘द फरेष्ट फ्रन्ट’ नामको रिसोर्ट खोल्न तत्कालिन पर्यटनमन्त्री योगश भट्टराईले १५ मंसिर २०७७ मा शीलान्याससमेत गरेका थिए । पछि साहको सपना विस्तार हुँदै पाँच तारे रिसोर्टको योजना बन्न पुग्यो । त्यसैअनुसार अहिले त्यहाँ फ्रान्सको लुभ्र होटल्स ग्रुपको व्यवस्थापनमा ‘रोयल टुलिप’ नाममा पाँचतारे रिसोर्ट चलाउने योजना अनुसार काम गरिरहेका छन् ।

२०८० सम्ममा सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको उक्त पाँच तारे रिसोर्टमा २२ वटा छुट्टाछुट्टै भवनमा ६४ कोटा, स्वीमिङ पुल, जीम, स्पा, चिल्ड्रेन पार्कलगायत सुविधाको विकास भइरहेको उनी बताउँछन् ।

साहले पाँच तारे रिसाेर्टमार्फत आफ्नो मात्र नभइ समृद्ध सौराहाको सपना पनि साथै पूरा हुँदै गइरहेको देखेका छन् ।

‘विदेशी पाहुनाले यो रिसोर्टमा कम्तीमा पनि ३ रात विताउने वातावरण हामीले बनाउन सक्यौँ भने सौराह नै समृद्ध भएर जाने छ,’ उनी भन्छन्, ‘साना–ठूला १५९ वटा होटेल रहेको सौराहामा हाम्रो रिसोर्ट सञ्चालनमा आएपछि उच्च स्तरको सेवा चाहने पर्यटकले समेत आरामले समय विताउन सक्छन्छन् ।’

पछिल्लो समय नेपालमा समेत घुम्ने संस्कृतिको विकास हुँदै गएकोमा खुसी व्यक्त गर्दै साह भन्छन्– ‘पर्यटकीय गन्तव्यका धेरैजसो होटल र रिसोर्ट त आन्तरिक पर्यटकले नै खचाखच भएका छन् ।’ नेपाली पयर्टकले नै पनि रिसोर्ट ‘फुल अकुपेन्सी’का साथ चल्नेमा साह विश्वस्त देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *