ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य बुधबार ९३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *