छानबिन संसदीय समितिमा जनार्दनकाे बयान- ‘मैले कुनै गल्ती गरेकाे छैन’

काठमाडाैँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आफ्नाे गल्ती नभएकाे जिकिर गरेका छन् । पदमा रहँदा आफूले कुनैखाले गल्ती नगरेकाे उल्लेख गर्दै छानबिन संसदीय समितिसमक्ष उनले भनेका छन्, ‘मैले गल्ती गरेकाे छैन । जनतालाई पनि भ्रम परेकाे पाएँ ।’

एक सदस्यकाअनुसार शर्माले आफूमाथि लागेकाे सबै आराेपहरू झुटा भएकाे दाबी गरेका छन् । तीन सदस्यले मकालुखबरसँग भने, ‘उहाँले ममाथि लागेकाे आराेपहरू सही हाेइनन् भनेर भन्नुभयाे । उहाँले कुनैखाले गल्ती नै नगरेकाे बताउनुभयाे ।’

यसअघि असार २२ गते राजीनामा दिँदै गर्दा पनि उनले प्रतिनिधि सभाकाे राेष्ट्रममा उभिएर साेहीखाले जिकिर गरेका थिए ।

उनीमाथि आव २०७९/८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =