सेयर बजारमा झिनो वृद्धि

काठमाडौँ । सेयर बजारमा बुधबार झिनो वृद्धि भएको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ४.८९ अंकले बढेको छ । यस दिन कुल १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २ सय ७० रुपैयाँमा ४१ लख ३३ हजार ७ सय ९ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन ८६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ८७ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन मल्टिपर्पस फाइनान्स कम्पनी, कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स कम्पनी, गुराँस फाइनान्सको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *