मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौँ । मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको छ ।

वर्ल्ड कन्फिडेरेसन अफ बिजनेश (वर्ल्डकोब)ले आयोजना गरेको बिजनेस एक्सिलेन्स् अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ द्वारा विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि) मा मूल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो । वर्ल्डकोबले कार्यक्रमका आयोजक विश्वभरका १३० देशका ३ हजार ५ सयभन्दा बढी व्यापार सदस्यको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘बिजनेश एक्सिलेन्स सर्टिफिकेट’द्वारा बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘बिजनेश एक्सिलेन्स सर्टिफिकेट’ द्वारा वर्ल्डकोबले सम्मान गरेको छ ।

यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकका लागि नविनतम सेवा ल्याउन उत्साहित बनाएको छ । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो ।

‘ग्लोबल एसएमई अवार्ड २०२१’ को एसएमई फाइनन्सर अफ दि एयर एसिया विभागमा पनि बैंक सम्मानित भएको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *