कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसले प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गरेको छ ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बुधवार उनीहरूलाई नियुक्त गरेका हुन् ।यसअघि कांग्रेसका प्रमुख सचेतकमा बालकृष्ण खाँण रहेका थिए । उनी गृहमन्त्री बनेपछि उक्त पद खाली थियो । त्यस्तै, यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुवै पद खाली भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =