चाँगुनारायण नगर र नीमा एकेडेमीको आयोजनामा ‘डिजिटल शिक्षण प्रशिक्षण कार्यक्रम’ सम्पन्न

काठमाडौँ । नीमा एकेडेमी र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा तीन हप्ते डिजिटल शिक्षण अध्ययन प्रणाली तालिम समापन भएको छ।

चाँगुनारायण नगरपालिकाको विशेष पहलमामा सम्पन्न भएको उक्त शिक्षक तथा विद्यार्थी अभिमुखीकरण तालिममा शिक्षकवर्गलाई, नीमा एकेडेमी ई–लर्निङ्ग प्लेटफर्मको डिजिटल माध्यमबाट के–कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको कुरा नीमा एकेडेमीले जनाएको छ।

जमाना परिवर्तन सँगै हाम्रो पढ्ने, लेख्ने र बुझ्ने तरिकालाई पनि परिवर्तन गर्दै प्रभावकारिताको समृद्ध बाटो अँगाली शिक्षण क्षेत्रलाई पनि परिवर्तनमूखी बनाउने हेतुले यो शिक्षण प्रशिक्षण प्रणाली अत्यावश्यक रहेको कुरा तालिम सहजकर्ता सुजित गो. श्रेष्ठले बताए । उक्त प्रशिक्षण अवधिमा पालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी ३४ वटा विद्यालयसँग आवद्ध शिक्षकशिक्षिका सहभागी थिए ।

मुख्यतः प्रशिक्षणले नीमा एकेडेमी ई–लर्निङ्ग प्लेटफर्मको सहायतामा पठनपाठन डिजिटल शैलीमा कसरी लैजाने, गुरूवर्गले विद्यार्थीलाई सहज तरिकाले पढाउने, असाइनमेन्ट दिने र ई–लर्निङ्गको बढ्दो महत्वको बारेमा अझै बढी केन्द्रित रहेको थियो । साथै, यो ‘डिजिटल शिक्षण अध्ययन प्रणाली प्रशिक्षण कार्यक्रम’को पहिलो चरणअन्तर्गत शिक्षकशिक्षिकालाई तालिम दिइएको हो ।

दोस्रो चरणका लागि ३४ वटै विद्यालयका विद्यार्थीका लागि तयारी हुँदै गरेको जानकारी नीमा एकेडेमीले अवगत गराएको छ ।

तालिम सम्पन्न भएका विद्यालयको नामावली यस प्रकार छ–

१ चाँगुनारायण मावि

२. मनोहरा आवाशीय विद्यालय

३. विनायक सरस्वती मावि

४. गणेश आवासीय विद्यालय

५. आजाद मावि

६. भैरवी आवासीय विद्यालय

७. यपी भैरव आवासीय विद्यालय

८. बाल भूषण आ. विद्यालय

९. गणेश आ. विद्यालय

१०. डोलागिरी मावि

११. कृष्ण आ विद्यालय

१२. बालभक्त आ.वि.

१३. गणेश मावि

१४. राधा कृष्ण आवि

१५. तौथली आ. वि.

१६. नगरकोट आ विद्यालय

१७. चेतना आ. वि.

१८. सरस्वती मा.वि.

१९. चुनदेवी मावि

२०. गडगडे आवि

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *