थप ३ सय ५७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ५७ पिसिआर परीक्षणका क्रममा २ सय ६८ जना र १ हजार ५ सय एन्टीजेन परीक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १ सय २६ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ९ सय ८२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =