शिखर इन्स्योरेन्स निर्जीवन बीमा क्षेत्रको ५ सय १ करोड बीमाशुल्क संकलन गर्न सफल

काठमाडौँ । नेपालको निर्जिवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ मा ५ सय १ करोड रुपैयाँ बीमाशुल्क संकलन गरी नेपालमा पहिलो पटक पाँच सय करोडको व्यवसाय गर्ने पहिलो निर्जिवन कम्पनी बन्न सफल भएको छ ।

गत आर्थिक वर्ष संकलन भएको बीमाशुल्कको तुलनामा यो २६ प्रतिशतले बढी हो । नेपालको निर्जिवन बीमा व्यवसायको बजार हिस्साको करिव १५ प्रतिशत हिस्सा कम्पनीले ओगटेको छ ।

कम्पनीले परेका कुल २२ हजार ७ सय ६८ दाबी मध्ये १९ हजार ३ सय ८५ दाबीको कुल करिब रकम ३ सय करोडको दाबी व्यवस्थापन गरेको छ । नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले यस आवलाई दाबी फर्छ्यौट वर्षको रुपमा मनाइरहँदा यस कम्पनीले परेको दाबीको करिव ८५ प्रतिशत दाबी भुक्तानी गरी उत्कृष्ट नतिजा प्रदर्शन गरेको छ ।

बीमितको दाबी समयममै भुक्तानी गरी बीमा व्यवसायमा दाबी केन्द्रित गरेर बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवम् बिश्वास आर्जन गरेमा ब्यबसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स कम्पनी नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ ।

नेपालको विकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्ला सहित कुल ११० शाखा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपप्रकाश पाण्डेका अनुसार कम्पनी सम्पूर्ण बीमित वर्गको विश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जिवन बीमा कम्पनी मध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ । कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

नेपालको विकट जिल्ला जुम्ला, कालिकोट, डोल्पा मुगुका जनतालाई वर्षेनि मौसमका कारण स्याउ खेतिमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सूचकाङ्क बीमालेख मार्फत् किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपूर्ति प्रदान गरेकै कारण यूके एड फन्डेड एडप्टेशन एट स्केल प्राइज एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एन्ड बायो रिसेर्सेजद्वारा २०१९ मा ५० हजार पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार राशी शिखर इन्स्योरेन्स कम्पनीले प्राप्त गरेको थियाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *