कामना सेवा विकास बैंकको नायब सीईओमा दाहाल

काठमाडौँ । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारीमा थिए ।

उनले यसअघि एनएमबी, एनआईसि एसिया र नबिल बैंकसँग आबद्ध भएर पनि काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *