सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार परिसूचक नेप्से १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक समेत यस दिन २.८३ अंकले बढेर ३८८.७६ बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब ३१ कराड २९ लाख ६२ हजार ९ सय ६० रुपैयाँमा २११ कम्पनीका ३१ लख ४२ हजार ४ सय २ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन व्यापार र म्युचुअल फण्डबाहेक अन्य सबै समूहको सूचक ओरालो लागेका छन् । यस दिन १४३ कम्पनीका सेयर मूल्य बढेका छन् । २७ कम्पनीको सेयर मूल्य घटेका छन् । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड, अपि पावर कम्पनी, तारागाउँ रिजेन्सी होटललगायत कम्पनीको सेर मूल्य सबैभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *